काठमाडौँ । कोभीड — १९ (कोरोना भाइरस) को सन्त्रासमा नपर्न आग्रह गर्दै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले तलत सूचनाबाट उत्पन्न भएको त्रासमा नपर्न महानगरबासीलाई आग्रह गर्नुभएको छ । आज राष्ट्रियसभा गृहमा महानगरपालिकाले आयोजना गरेको कोरोना र डेंगे रोगको महामारी सम्वन्धि बृहत जनचेतना कार्यक्रममा बोल्दै मेयर शाक्यले सबै वडामा सचेतनामुलक र सम्भावित खतरा व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । भाइरस (कोभिड–१९)को सन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको डर बढ्ुन स्वभाविक भए पनि समाजमा भएको चर्चा जस्तो संवेदनशील अबस्था नभएको मेयर शाक्यको भनाइ थियो । गलत सूचनाले धेरै त्रास फैलियो । यसप्रकारका भाइरसको सामना गर्दा डराएर होइन, सावधानी अपनाएर गर्नुपर्छ, उहाँको जोड थियो ।
‘कोरोनाको त्रास बढाएर, कालोबजारी बढ्ने खतरा छ, सबैले यतातिर सजग हुनुपर्छ । गर्मी बढ्दै गएसँगै अब डेंगे रोगको समस्या बढ्न सक्छ । यसबेला सरकारले दिएका आधिकारिक सूचनालाई मात्रै आधार मान्नुहोला,’ मेयर शाक्यले थप्दै भन्नुभयो, ‘महानगरपालिका भित्रका कुनै नागरिक यदि यस्ता रोगबाट संक्रमित भए भने उपचार गर्ने दायित्व हाम्रो हो । हामी निरन्तर प्रयासमा लाग्ने छौँ । तर, महामारी फैलियो भने नियन्त्रण बाहिर पनि जान सक्छ । त्यस्तो बेलामा समस्या हुन्छ । त्यसैले यस्तो महामारी आउनै नदिनका लागि हामी सबै सचेत भएर व्यवस्थापनमा लाग्नुपर्छ ।’
हामी हाम्रा स्वास्थ्य क्लिनिकको क्षमता बढाउँदै छौं । कार्यक्रममा बोल्दै महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले — संयमताले मात्र बिपत्तिको सामना गर्न सकिने बताउनुभयो । त्यस क्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सरकारले उच्च सतर्कता देखाएर महामारी रोकथामको प्रयास गरेको जनाउँदै अहिले आत्तिनु पर्ने अबस्था नभएका उल्लेख गर्नुभयो । ‘केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक छ,’ श्रेष्ठको भनाइ थियो ।
इपिडियोमोेलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेकाअनुसार अहिलेसम्म गरिएको ५ सय जनाको ¥याल परीक्षणमा एक जनाको मात्र पोजेटिभ रिजल्ट देखिएको जनाउँदै ती बिरामी, उनका परिवार र उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी अहिले सबै ठीक भएको जानकारी दिनुभयो । आत्तिनु पर्दैन यो रोग लागेका १ सय जना बिरामीमा ३ जनाको मात्रै मृत्यु भएको तथ्याङ्क छ । त्यसमा पनि बृद्धबृद्धा रोग प्रतिरोधात्मक क्षमता कम भएका र गर्भवती महिला बढी खतरामा छन्, डा. पाण्डेको भनाइ थियो ।
इपिडियोमोलोजि तथा रोग नियन्त्रण महाशाखा अर्का डा. प्रकाश शाहले गर्मी मौसम आउँदै गरेकोले डेंगेको महामारीबाट बच्नेतर्फ ख्याल गर्न आग्रह गर्नुभयो । लामखुट्टेले पारेका अण्डाका कारण सो रोग फैलिने भएकोले लामखुट्टे फैलिने वातावरण नष्ट गर्नुपर्ने डा. शाहको सुझाव छ । पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने र एक पटकमा पचासौं अण्डाबाट लामखुट्टे जन्मने भएकोले पानी जम्ने ठाउँमा नियमित सरसरफाइ गर्न उहाँको आग्रह छ ।





प्रतिक्रिया