काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९)का सम्बन्धमा उत्पन्न हल्ला र प्रचारबाजी पछाडि नलाग्न अनुरोध गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालले कोरोना भाइरसबारे स्थ्यास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको सूचनाद्वारा सचेतना फैल्याउँदै सजगता अपनाउन आग्रह गरेको हो।
सहप्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुने पनि प्रकारको हतार नगर्न र कहिकतै कालोबजारी, मूल्यवृद्धि, क्रतिम अभाव भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेका छन्। संचार माध्यममा र संचारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन पनि मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयका भीडभाड हुन ठाउँ, सभा, सम्मलेन, भेलालगायत कार्यक्रम कोरोनाको सम्भावित खतरालाई मध्यनगर गर्दै स्थगित गर्न र आउँदै गरेको होली पर्वमा विगतमा जस्तो भिडभाड भेला हुने लोला-पानी फ्याक्ने, शरीरमा रंग अबिर दल्ने कार्य जोखिमपूर्ण भएकाले यस्तो नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
नागरिकको सहयोग र संलग्नताबाट कोरोना भाइरसलाई नेपालमा रोकथाम गर्ने सकिने र सरकार यसको रोकथाममा लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





प्रतिक्रिया