देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा र राप्रपा (संयुक्त)बीच एकता ३ जना अध्यक्ष रहने

देशान्तर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको छ । लामो छलफल र संवादपछि राप्रपा र राप्रपा (संयुक्त)बीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले हिजो बेलुकी हस्ताक्षर गर्नुभएको छ । घोषणासभा फागुन २८ लाई तय गरिएको छ । सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त)का अध्यक्षद्वय राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनुहुने छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गरिनेछ ।

हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्नेछ । सहमतिअनुसार डेढ वर्ष्भित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ । यस्तै, हाल कायम रहेका दुवैै दलका निर्वाचन चिह्न ६ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हाल प्रयोग भएको राप्रपाको झण्डा प्रयोग गरिनेछ ।