देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको छ ।

उनलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ । संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा.खड्काले बताए ।

आइतबार अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा व्यापक सुधार भइरहेको बताए ।