देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कतारले लगायो नेपालसहित १४ देशका यात्रुमाथि प्रतिवन्ध

देशान्तर

काठमाडौं । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसैबीच कतार एयरवेजले इटलीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारमा १५ जना कोराना भाइरस संक्रमित भएको र जसमध्ये ३ जना आप्रवासी कामदार रहेको कतार सरकारले जनाएको छ ।

यद्यपि ती कुन देशका नागरिक हुन् भन्नेबारे खुलाइएको छैन । कतारमा झन्डै चार लाख नेपालीसहित सयभन्दा बढी मुलुकका कामदार रहेका छन् ।

कतार सरकारको यो निर्णयसँगै बैदेशिक रोजगारीमा जान ठिक्क परेका नेपालीहरु मर्कामा पर्ने देखिन्छ ।