देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भिडभाडमा गएर होली नखेल्न गृह मन्त्रालयको आग्रह

देशान्तर

काठमाडौं । गृह मन्त्रालयले जमघट गरेर होली नखेल्न सबैमा आग्रह गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलन नदिन ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले यसपटक सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

चिकित्सकहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । भिडभाडमा जाँदा र पानीमा भिज्दा संक्रमणकोे डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ ।

नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।