देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री पुरै सक्रिय हुन ६ महिनासम्म लाग्छ : डा. दिव्यासिंह शाह

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।

एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा। दिव्यासिंह शाहले बताएकी छन् ।
प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा। दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन् ।

‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ’ उनले भनिन् ।

डा। शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।