देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी एकता घोषणाअघि दुबै राप्रपाको बैठक स् अब पार्टी फुट्न नहुनेमा जोड

देशान्तर

काठमाडौं । पार्टी एकता घोषणाको अघिल्लो दिन राप्रपा र राप्रपा संयुक्तको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । राप्रपाको धुम्बाराही र संयुक्तको चाबहिलस्थित कार्यालयमा बैठक बसेको हो । दुई राप्रपाबीच बुधबार एकता घोषणा हुँदैछ ।
यसअघि शनिबार दुई राप्रपाबीच पार्टी एकता गर्नेसम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको थियो । राप्रपा संयुक्तको केन्द्रीय समिति बैठकमा सहभागीहरुले पार्टी एकताको स्वागत गर्दै दुई पार्टी अब फुट्न नहुनेमा जोड दिए ।

यस्तै एकीकृत पार्टीको केन्द्रीय समितिमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने, चुनाव चिन्ह हलो हुनुपर्ने, भ्रष्टाचारविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेलगायतमा पनि जोड दिइएको थियो ।