देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चपली हाइट ३ को टिजरमा महेशको दुई भिन्न अवतार

देशान्तर

काठमाडौं । चपली हाइटको टिजर सार्वजनिक भएको छ । टिजरमा महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पन थापा लगायतका मुख्य कलाकारलाई स्थान दिइएको छ। निकेश खड्काले निर्देशित सिनेमामा प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमालाई निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन्। आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल, अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन गरेका छन् ।

महेश त्रिपाठी अभनित यो तेस्रो चलचित्र हो। चपलि हाइट ३ मा उनलाई जोगिको भेषमा र योङ्ग्रि योङ म्यानका रुपमा देखाइएको छ । महेशको अर्को चलचित्र हल्कारा पनि प्रदर्शनीको तयारीमा छ । उनी सिनेमामा ग्राजुयट हुँदै सिनेमाका प्रध्यापक समेत हुन भने उनले ५०० भन्दा वढि सट फिल्महरुमा अभिनय गरेका छन्। त्रिपाठीको केही चलचित्र स्वदेश तथा विदेशमा ठुला अवार्ड समेत प्राप्त गरेका छन् ।

महेश पछिल्लो समय ठुला पर्दाका चलचित्रमा ब्यस्त हुन थालेका छन् । महेश त्रिपाठी विदेशी केही चलचित्रमा विदेशी निर्देशक हरुसंग समेत काम गरेको अनुभव उनीसँग छ । सर्बत्र प्रशंशा बटुलेको चलचित्र बुलबुलका निर्देशक बिनोद पौडेलले निर्माण गर्न लागेको अर्को चलचित्रमा समेत उनि अनुबन्धित भएका छन् ।

https://www.youtube.com/watch?v=ZMmNPIWAU6g