काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रदान गर्ने उनकी भाञ्जी समीक्षा संग्रौलालाई निमोनिया भएको आशंकामा चिकित्सकहरुले औषधि चलाइएको पाइएको छ।
एक साताअघि बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गरेकी उनकी भान्जी समीक्षालाई निमोनिया भएको आशंका भएपछि त्यो नियन्त्रणका लागि औषधि चलाएको अस्पताल स्रोतले बतायो।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं अस्पतालको नेफ्रोलोजी एवं प्रत्यारोपण विभागकी प्रमुख डा. दिब्यासिंह शाहले ओलीको प्रत्यारोपणको भोलिपल्ट समीक्षालाई ४ दिनमै डिस्चार्ज गर्ने बताएकी थिइन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको बुधबार आठ दिन भयो।
मंगलबार अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा डा. शाहले समीक्षाको स्वास्थ्यमा सुधार आइरहेको र आफूहरुले सहज र आत्मविश्वासका अनुभव गर्नासाथ प्रधानमन्त्री ओलीसँगै उनलाई चाँडै नै डिस्चार्ज गर्ने बताए पनि डिस्चार्जको मिति भने डा। शाहले दिन सकेकी थिइनन्।
अस्पताल स्रोतकाअनुसार निमोनियाका आशंकामा औषधि चलाइरहेको अवस्था र थप संक्रमणको जोखिम टार्न समीक्षाको अस्पताल बसाइ लम्बाइएको छ।





प्रतिक्रिया