देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनिल थापाद्वारा राप्रपा एकिकरण बहिष्कार, आउलान त कांग्रेसमा ?

देशान्तर

काठमाडौं । राप्रपा संयुक्तका महामन्त्री एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापाले राप्रपाको एकीकरण बहिस्कार गरेका छन् । उनी बुधबार राष्ट्रिय गृहमा आयोजित कमल थापा नेतृत्वको राप्रपा र आफै महामन्त्री रहेको राप्रपा संयुक्तबीचको पार्टी एकीकरण घोषणा कार्यक्रममा उपस्थित भएनन् । दुई पार्टीबीचको एकता घोषणासभा चलिरहँदा थापा मालिगाउँस्थित आफ्नै निवासमा निकटस्थहरुसँग छलफल गरिरहेका थिए ।

यसअघि मंगलबार बसेको राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक पनि थापाले बहिस्कार गरेका थिए । केही समयदेखि उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

राजतन्त्रको पक्षमा आफू उभिन नसक्ने भन्दै उनले पार्टी एकीकरण बहिस्कार गरेको उनी निकट स्रोतले बतायो । कमल थापा नेतृत्वको राप्रपा राजतन्त्रको पक्षमा उभिँदै आएको छ । कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपति समशेरको निर्णयमाथि उनले आपत्ति जनाएका थिए ।

उनले गणतन्त्र र संघीयताको विरुद्धमा राजतन्त्रलाई स्वीकार गरेकाले एकीकरण कार्यक्रम सहभागी नभएका बताएका छन् । उनले दोस्रो जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् ।