देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जहाज, स्कुल, संसद र भीडभाड हुने ठाउँ बन्द गरौँ : काँग्रेस सांसद प्रधान

देशान्तर

 

काठमाडौँ : काँग्रेस नेता तथा सांसद भीमसेन दास प्रधानले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रधानले विश्व स्वास्थ्य संगठनले महामारीका रुपमा घोषणा गरेको र युरोप अमेरिकासमेत बन्द गरिसकेको अवस्थामा नेपालमा संसद चलाइरहनुको तुक नभएको बताए ।

‘संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन । जहाँ भीडभाड हुन्छ जहाज, स्कुल, बसमा संक्रमण फैलन सक्ने भएकाले ति ठाउमा सरकारले तुरुन्तै बन्देज लाउनुपर्योे,’ उनले भने, ‘स्कुलहरु बन्द गर्नुपर्यो यदि हामीलाई यो संक्रमणले भ्यायो भने रोक्न हामीसँग केही पनि पूर्वाधार छैन ।’

‘अमेरिका त्रसित छ, युरोप त्रसित छ तर नेपालसँग केही छैन । नेपालले के हेरेर बसेको छ यस्तो अवस्थामा ? त्यसकारण सरकार चाँडोभन्दा चाँडो एक्सनमा आएर संसदसहित मास ग्यादरिङ हुने ठाउँ रोक्न सकेन भने यसबाट आउने भयावह स्थिति रोक्न सकिँदैन धेरै मानिसहरुको मृत्यु हुन्छ, ’ प्रधानको भनाइ छ ।