देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

देशान्तर

 

पोखरा : गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगन भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।

सभामुखले बस्न पटक–पटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।

सभामुख अधिकारीले अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने जानकारी दिए ।