देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण राष्ट्रपति भण्डारीको ३ दिने बंगलादेश भ्रमण स्थगित भएको बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले जानकरी दिए ।

चैत्र ९ गते राष्ट्रपति भण्डारी बंगलादेशको ढाका पुग्ने कार्यक्रम तय भएकोमा कोरोना भाइरस महामारीका कारण उनको भ्रमण रद्ध भएको हो । राष्ट्रपति भण्डारीले त्यहाँको संसदलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।