कपिलबस्तु, २९ फागुन । कपिलवस्तुबाट २ लाख घुस सहित एक जना पक्राउ परेका छन् । जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीसगँ ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए ।
सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । करिब ५ बजे कार्यालय समय पश्चात कपिलबस्तुको गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ ।





प्रतिक्रिया