देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रष्टाचारविरुद्ध र हिन्दु राष्ट्रको निमित्त देशव्यापी आन्दोलन : कमल थापा

देशान्तर

काठमाडौं .  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसको समस्या समाधानपश्चात् केही हप्तापछि भ्रष्टाचार नियन्त्रण र हिन्दु राष्ट्र पुनर्स्थापनाको निमित्त देशव्यापी आन्दोलन गर्ने बताएका छन्।
अध्यक्ष पदको पद बहालीपश्चात् चाबहिलस्थित पार्टी कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीमा योगदान, क्षमता र क्रियाशीलताको आधारमा कसैलाई भेदभाव नगरी समान ढंगबाट व्यवहार गरिने विश्वास दिलाए।

हिजो को कहाँ थियो ? कस्तो सम्बन्ध र भूमिका थियो त्यसको लेखाजोखा गरिन्न अब एउटै परिवारको रुपमा टिम स्पिरिटका साथ काम गर्नुपर्ने आवश्यकता थापाले औँल्याए। कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार जनताको पक्षमा काम गर्न असफल भएको बताए।

पार्टीलाई एकताबद्ध बनाएर लैजाने र कांग्रेस कम्युनिस्टको विकल्प बन्ने समेत राणाको दाबी थियो। अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने र जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सचिवालयको तर्फबाट ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले समेत बोलेको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए। आजै ती अध्यक्षले पद बहाली गरेका छन्।