देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेम कृष्ण खड्गाले जानकारी दिनुभयो ।

उहाँको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई आज साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । उहाँलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ । प्रधानमन्त्री ओलीको २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।