देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो वार्ता आज

देशान्तर

काठमाडौं । कोरोनाभाइरसको संक्रमणको असर र रोकथामका प्रयाससम्बन्धमा सार्क राष्ट्रका प्रमुखहरुबीच आज भिडियो संवाद हुने भएको छ ।

बेलुका सवा पाँच बजे भिडियो संवाद हुन लागेको हो । बेलुका सवा पाँच बजे सार्क राष्ट्रका प्रमुखहरुबीच भिडियो संवाद हुन लागेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावको स्वागत गरेका थिए । प्रस्तावमा पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान पनि सहमत भएका छन् ।