देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमितलाई उपचार गर्न तीनवटा अस्पताल तयारी, २ सय ३५ आईसीयू कक्ष

देशान्तर

काठमाडौं, । सरकारले कोरोनाभाइरसको संक्रमण नेपालमा प्रवेश गर्न नदिन विशेष सावधानी अपनाइएको जनाएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग समय मागेर कारोनाभाइरस संक्रमणबाट बच्न सरकारले गरेको तयारी बारे जानकारी दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संक्रमण फैलन नदिन प्रयाप्त सावधानी अपनाइएको जानकारी दिए ।

कोरोनाका बिरामीको मात्र उपचार गर्ने गरी तीन वटा अस्पताल तयारी अवस्थामा राखेको भन्दै मन्त्री ढकालले काठमाडौं उपत्यकामा १ सय २० र उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसीयू तयार रहेको जानकारी दिए ।

मन्त्री ढकालले रोकथामको तयारी गर्दागर्दै पनि कोरोनाको संक्रमण देखिए उपचारको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले १ सय ५५ वटा आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको भन्दै मन्त्री ढकालले विमानस्थलदेखि चीन र भारतका नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको बताए ।