देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ग्यास उद्योगीलाई सहज वितरण नगरे सेना लगाउँने मन्त्रीको चेतावनी

देशान्तर

काठमाडौँ – सरकारले ग्यासको वितरण सहज नपारे ग्यास उद्योगीलाई सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएको छ । उद्योगमन्त्री लेखराज भट्टले ग्यास उद्योगीलाई मन्त्रालयमै बोलाएर यस्तो चेतावनी दिएका हुन्।

ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने उनको चेतावनी छ । सोमबार बिहान ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाइएको थियो ।

उक्त बैठकमा मन्त्री भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् । ‘व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको छ, संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्छौँ’ भट्टले भने ।

उनले अघि धने, मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्,नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ ।

मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए । निगमले ग्यास दिएको छैन वा हाम्रा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्’ मन्त्री भट्टको भनाइ थियो ।