देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी’लाई संसदीय प्रक्रियामा अघि बढाउन दलहरुको निर्णय पर्खिरहेको छु :सभामुख

देशान्तर

काठमाडौं, । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग नियोग कार्यक्रम ‘एमसीसी’लाई संसदीय प्रक्रियामा अगाडि बढाउन दलहरुको निर्णय पर्खिरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा गरिएको पत्रकार भेटघाटमा सभामुख सापकोटाले आफू सहजीकरणको भूमिकामा मात्र रहेको भन्दै सत्तारुढ दल र अन्य पक्षहरुको सहमतिमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने बताए ।

सीमा विवादसम्बन्धी संकल्प प्रस्ताव विशेष कारणले संसदको दैनिक कार्यसूचीबाट नहटेको र आगामी बैठकमा छलफल हुने उनले बताए ।

सभामुख सापकोटाले रिक्त उपसभामुख पदपूर्तिको लागि दलहरुबीच छलफल भइरहेको भन्दै दलीय सहमतिपछि आफूले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए ।

संसद सचिवालयको कार्यवाहकको जिम्मेवारी दिने विषयमा आफू र राष्ट्रियसभाका अध्यक्षबीच विवाद नरहेको भन्दै सापकोटाले संसद बैठकमा ‘कोरम’ नपुग्ने अवस्था अन्त्य गर्न छलफल गरिरहेको बताए ।