काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।
हिजो दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच छलफलपछि आज अपराह्न ४ बजे बैठक बोलाएको हो । ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ । यसअघि बसेको सचिवालय बैठक ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको थियो । त्यसपछि ओली अस्पताल भर्ना हुनुभएको थियो ।
फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडानपछि नेकपाभित्र देखिएको विवाद यथावत नै छ । फागुन १८ गते बसेको सचिवालय बैठकमा ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका थिए । त्यसयता नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।





प्रतिक्रिया