देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६ किलो चरेससहित भारतीय नागरिक पक्राउ

देशान्तर

नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।