देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल टेलिकमको रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस रोकथामको सन्देश

देशान्तर

नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस ९कोभिड–१९० रोकथामको सन्देश बजाउन थालेको छ ।

नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ ।

सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ ।

यो सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फोन गर्न सकिन्छ ।