काठमाडौँ : आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले —वडा नं। २१ लगन टोलमा ‘लगन—पार्क’को शिलान्यास गर्नुभएको छ । पूर्व निर्धारित कार्यक्रम भएकोले, कोरोना भाइरसको संक्रमणबाट बचावट गर्न पूर्व—सतर्कता अपनाउन संघ सरकारले गरेको आव्हानअनुसार सीमित व्यक्तिकाबीच मेयर शाक्यले पार्कको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, भीमसेनदास प्रधान, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य शिलान्यास अवसरमा सहभागी हुनुभएको थियो । शिलान्यास कार्यक्रमलाई बिभागीय प्रमुख तथा स्थानीयले कम्पाउण्डबाहिर छुट्टाछुट्टै बसेर अवलोकन गर्नुभएको थियो ।
कंडेल÷के।एण्ड केजी÷रमिता जे।भीले निर्माणको जिम्मा पाएको पार्क निर्माणको लागत भ्याटबाहेक ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रुपैयाँ रहेको छ । आउँदो बर्ष ९२०७७ साल० माघ मसान्तसम्ममा निर्माण सम्पन्न हुने पार्कको अधिकांश भाग खुल्ला क्षेत्र हुनेछ । यसका अतिरिक्त सत्तल, संग्रहालय, स्कल्पचर, पोखरी र ढुंगेधाराले पार्कलाई सजावट गरिनेछ ।
पार्क निर्माण, हरियाली प्रबर्धन र सार्वजनिक जग्गाको संरक्षण महानगरका प्राथमिक काम हुन् । हामीले यस कामका लागि अरु नगर त अनुदान रकम दिएका छौं भने आफ्नो क्षेत्रमा कामले प्राथमिकता नपाउने कुरै हुँदैन । शिलान्यास कार्यक्रमपछि प्रतिक्रिया दिँदै मेयर शाक्यले भन्नुभयो — २०७२ बैशाख १२ को भूकम्पले यस ठाउँमा भएका भौतिक संरचनालाई भग्नावशेषमा परिणत गरिदियो । त्यतिवेलासम्म यस ठाउँलाई नेपाली सेनाले सिलखाना ९हतियार भण्डारण गर्ने स्थल०का रुपमा प्रयोग गर्दै आएको थियो ।
‘भित्री सहरको दक्षिण कोलियोग्राम कुनै समय ऐतिहासिक प्रशासनिक इकाइको केन्द्र थियो । यो क्षेत्रलाई स्थानीयबासीका लागि आराम गर्ने, मनोरञ्जन गर्ने र खुल्ला सास फेर्ने ठाउँका रुपमा रुपान्तरण गर्न पाउँदा मलाई खुशी लागेको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘महानगर क्षेत्रका खाली जग्गाहरुको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई तीब्रता दिएका छौं ।’
मेयर शाक्यका अनुसार, पार्कलाई ऐतिहासिक र पुरात्वात्तिक महत्व दिन पुराना दस्तावेज र पुरात्वात्विक महत्वका सामग्री राख्नका लागि संग्रहालय पनि निर्माण हुनेछ ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार अष्टमंगल र पञ्चतत्वलाई डिजाइनमा समावेश गरेर पार्क निर्माण योजना बनेको हो । पार्कका आकाशे पानी संकलन बिधि जडान हुनेछ भने ९अपाङ्ग, बालबालिका, जेष्ठ नागरिकलगायत सबै पुग्न सक्ने० पहुँचयुक्त अवधारणाबमोजिमको हुनेछ । पार्कका शौचालयको पनि व्यवस्था हुनेछ । पार्कको समग्र डिजाइन शंख आकारको हुनेछ । त्यस्तै सुन्दरतालाई बचाउन रात्रीकालीन बत्तीको व्यवस्था हुनेछ । शारीरिक व्यायामका पार्क उपयुक्त हुने अपेक्षा गरिएको छ ।
भित्री सहरको उकुसमुकुसबाट पार्कले राहत दिनेछ । वडाध्यक्ष उदयचुडामणि बज्राचार्य भन्नुहुन्छ — पार्क निर्माण हुँदा स्थानीयले खुला वातावरणमा स्वच्छ हावा प्राप्त गर्न सक्ने वातावरण तयार हुनेछ ।
त्यस ठाउँको पूर्ववत् दृश्यलाई कायम राख्न निर्माण गरिने भवनको पहिलो तलामा १ सय व्यक्ति अटाउने हल र दोश्रो तलामा संग्रहालय बनाइनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्य भन्नुहुन्छ — खुल्ला ठाउँको बचावट यो पार्कको मुख्य बिशेषता हो । ‘कुनै समय यहाँ रणोद्दीप सिंह ९स्वामी अभयानन्द० को दरबार रहेको र त्यो भन्दा पहिला शाक्यहरुको बसोवास रहेको इतिहास देखिन्छ । त्यहाँ भेटिएको विहारको अवशेषबाट पनि त्यही प्रमाणित हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले डिजाइनमा त्यो कुरालाई पनि ख्याल गरेर ऐतिहासिक र पुरातात्वविक महत्वलाई पनि ध्यान दिएका छौँ ।’ शाक्यकाअनुसार विं। सं। १८९४ पछि दरबारलाई सिलखानाका रुपमा परिणत गरिएको हो ।





प्रतिक्रिया