देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

देशान्तर

काठमाडौं । आज देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि भने पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०७ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

चैत्र ०८ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका थोेेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (आइतबार)

दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू-भागका थोेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।