देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक, अन्तर्राष्ट्रिय हवाई उडान स्थगित

देशान्तर

 

काठमाडौं : काठमाडौं चीनको वुहान सहरबाट फलिएको कोरोना भाइरस (कोेभिड 19 )को उच्च सर्तकताको लागि सरकारले चैत १० गतेदेखि लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिबन्ध घोषणा गरेका हुन्, जसमा चैत १० गतेदेखि लामो दुरीमा चल्ने सबै प्रकारका यात्रुबाहक सवारी सञ्चालनमा रोक पनि समावेश छ ।

‘यो संक्रमण मान्छेहरुको आवतवाजतबाट फैलिने डर हुने भएकाले लामो दुरीको सवारी रोक्ने भनिएको छ, तर आपूर्ति सेवासँग सम्बन्धित कुनै पनि ढुवानी रोकिँदैन सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।

यस्तै, चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरिएको छ ।आन्तरिक उडानहरु भने रोकिएको छैन । न्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्दा बाटोमा अलपत्र परेकाहरू नेपाली नागरिकहरुलाई सम्बन्धित देशमा रहेको दूताबासले सुरक्षित क्वारेन्टाइनमा राख्ने तयारी छ ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

यसैगरी चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेक सबै कार्यालयबाट दिइने सेवा बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।

खतिवडाकाअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको योजना बनाउन मुख्यसचिव नेतृत्वको कार्यान्वयन समितिलाई निर्देशन दिएको छ ।