देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशबाट आएका ६२ जनालाई खरिपाटीकाे क्वारेन्टाइन लगियो

देशान्तर

काठमाडौं । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् ।

कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएको हुन् । शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए ।

आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने  छ । बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।