देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केही स्थानमा मेघ गर्जन र चट्‍याङको सम्भावना

देशान्तर

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै  स्थानीय वायुकोसमेत प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०९ गते ९ आइतबार

दिउँसोः देशको पूर्वी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी  र मध्य  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ । देशको पूर्वी  र मध्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (सोमबार)

दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहनेछ । पूर्वी  पहाडि  भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू(भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

चैत्र ११ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी  पहाडि भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

अपरान्ह पश्चात देशका केही स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको  सम्भावना रहेकोले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।