देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट

देशान्तर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएपछि पहिलो पटक राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा भेटघाट भएको हो। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ‌‌‌‌ओली र राष्ट्रपति भण्डारीबीच पहिलो पटक भेटघाट भएको हो।

मिर्गौला प्रत्यारोपण लागि गत फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थिए । प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका थिए।