देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका होटल, काठमाडौंका होटल, स्कुल र रंगशालामा ५ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाइनेस्कुल र रंगशालामा ५ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाइने

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अटाउने सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटल, होस्टल, विद्यालय र रंगशाला उपयोग गरिने भएको छ ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठकले आइतबार उपत्यकामा ५ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको उक्त कार्यदलको बैठकले यसरी बनेको क्वारेन्टाइनस्थललाई आवश्यक परेका बेला अस्थायी अस्पतालमा समेत परिणत गर्न सक्ने निर्णय पनि गरेको छ ।