नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले घोषणा गरेको कोरोना कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको हो ।
५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गाउने घोषणा चौधरीले गरेका छन् ।
‘नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीले ट्विट मार्फत जानकारी गराएका छन् ।
मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एकमहिनाको पारिश्रमिक योगदान गर्ने बताइएको छ ।
करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग !
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।
— Basant Chaudhary (@basant_cg) March 22, 2020





प्रतिक्रिया