काठमाडौं । नेपाली कामदारहरुको बाहुल्य रहेका खाडी मुलुकका राजदूतहरुसँग सरकारले सोमबार भिडियो कन्फरेन्स गरेको छ ।
खाडी मुलुकमा कोरोनाको असर के छ र त्यहाँका सरकारहरुले के–कस्ता सुरक्षाका उपायहरु अवलम्बन गरेका छन् भन्ने बारे ती मुलुकमा कार्यरत नेपाली राजदूतहरुसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सोमबार दिउँसो सामूहिक ब्रिफिङ लिएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवाली र श्रम तथा रोजगार मन्त्री यादवसँग भिडियो कन्फरेन्समा साउदी, कतार, युएई, ओमान, बहराइन, इजरायल, इजिप्ट र दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरुलाई भिडियो कन्फरेन्समा सहभागी गराइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बारे भिडियो कन्फरेन्समा मन्त्रीद्वयले नेपाली दूताबासका अधिकारीहरुसँग गरेको छलफलमा खाडी देशहरुको कोरोनाको पछिल्लो अपडेट, खाडी देशहरुको वर्तमान अवस्था एवं रोगको फैलँदोरनियन्त्रणको ट्रेन्ड खाडी देशका सरकारले विदेशी नागरिकलाई गरेको व्यवस्था । ती देशहरुमा कार्यरत नेपाली नागरिकको अवस्था लगाएत नेपाली नियोगले चालेका कदम तथा भविश्यमा अवलम्वन गर्नुपर्ने उपायहरु बारे छलफल भएको हो





प्रतिक्रिया