देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि देश लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

देशान्तर

काठमाण्डौ । सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् ।

यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ । सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

अत्यावश्यक सेवाबाहेक कसैलाई बाहिर निस्कन नदिन निर्देशन 

नेपाल प्रहरीले सरकारले सुरु गरेको लकडाउनमा कसैलाई पनि घरबाहिर निस्कन नदिन र अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन र पसल सञ्चालन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले मातहतका निकायलाई छिटफुटरुपमा चलेका सवारीसाधन पनि तत्काल बन्द गर्न बिहानै निर्देशन दिएका छन् । बिहानै केही सवारीसाधन सडकमा निस्किएपछि यस्तो निर्देशन दिनुपरेको प्रहरीले जनाएको छ ।