देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणको आशंकामा तीन बालक कान्ति बाल अस्पतालमा भर्ना

देशान्तर

काठमाडौं । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् । तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।

आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएको बताइएको छ । त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए ।