काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना ९कोभिड–१९० भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ ।
लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो । जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार उपत्यका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।
सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए ।
यसअघि मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएको थियो ।





प्रतिक्रिया