देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना कोषमा राजपाका सांसदको १५ दिनको तलव दिने

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा का सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए । राजपाका १७ जना प्रतिनिधि सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् ।