काठमाडौं । लक्ष्मी ग्रुपले कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
सरकारले सञ्चालन गरेको कोरोनो भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
यसका साथै लक्ष्मी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनङका लागि फिबर क्लिक स्थापना गर्न पहल शुरु गरेको छ।
यस्ता क्लिनक स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराइने र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारका रुपमा काम गर्ने लक्ष्मी ग्रुपका प्रमुख अञ्जनश्रेष्ठले जानकारी दिए ।
यस्ता छन् फिबर क्लिनिकका सेवा ?
– पछिल्लो १४ दिनमा विदेशमा रहेका ।
-जो कोभिड –१९ संक्रमित मानिसको सम्पर्कमा आएका छन् ।
– सम्भावित लक्षणहरु जस्तै: ज्वरो वा ज्वरो बिना रुघाखकी देखिएकोमा ।
-जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।
-परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि ।
क्लिनिकको मूल उद्देश्य करोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधैनपठाइ क्लिनकमार्फत कोरोना भाइरस संक्रमण भए वा नभएको प्रारम्भिक जाँच गरिनेछ ।
जसले गर्दा अस्पतालका आपतकालीन विभाग का संक्रमण रोकथाम विभागका स्रोत साधनलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्नेछ। लक्ष्मी ग्रुपले देशभरका ५ वटा अस्पतालमा स्तो क्लिनिक स्थापना गर्नेछ ।
हालसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षेत्रीय अस्पताल पोखरासँग क्लिन स्थापना गर्न सम्झौता भइसकेको ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया