काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लंघन गर्ने सात सय २८ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो सम्म महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट सात २८ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो।
नेपाल सरकारले मंगलबार बिहानदेखि कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि देशभर लकडाउनको घोषणा गरेको थियो। ट्राफिक प्रहरीले लकडाउनको अवज्ञा गरी बाहिर निस्केका सवारीसाधनलाई नियन्त्रणमा लिएको हो।
सात सय २८ मध्ये छ सय २५ मोटरसाइकल र एक सय ३ चार पांग्रे गाडीलाई नियन्त्रणमा लिएको हो। घरबाट अनावश्यक रूपमा निस्केका मानिसहरूलाई सम्झाइबुझाइ गरी घरतर्फ नै फर्काएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ।





प्रतिक्रिया