देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीयले अटेर गरेपछि बारा प्रशासनले लगायो कर्फ्यू

देशान्तर

बारा । कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन स्थानीयले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

सरकारले लकडाउन गरेपनि बारामा ग्रामीण बजारहरु खुलेका थिए भने कतिपय ठाउँमा मदिरा, नास्ताका पसल पनि निर्वाध खुलै रहेको पाइएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।

राजमार्गमा बुधबार कम सवारी साधन चलेका छन । राजमार्गमा सार्वजनिक ठूला सवारी नचले पनि अत्याधिक मोटर साइकल, ढुबानी गर्ने ट्याक्टर र जीपहरु सञ्चालनमा आएका छन् ।

यसैबीच बारा प्रहरीले सरकारको आदेश अटेर गर्ने ५ जना व्यक्तिसहित दुई सय नब्बे सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रवक्ता गौतम मिश्रले राजमार्ग लगायतका स्थानमा निषेधाज्ञा अटेर गर्ने दुई सय पाँच सवारीलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीले राजमार्ग र हुलाकी मार्ग प्रयोग गर्ने ५ टिपर, ११ वटा ट्रक र टयाक्टर, २५ स्कारपियो, १५ टाटासुमो तथा १ सय नब्बे मोटरसाइकल नियन्त्रणमा लिएको छ ।