देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरपालिका जनताको साथमा छः उपप्रमुख खड्गी

देशान्तर

कोरोना भाइरसको विश्वव्यापी महामारी बढेसँगै नेपालले गरेको लकडाउनको आज तेस्रो दिन हो । तेस्रो दिन पनि यसअघि जस्तै सर्वसाधारणहरु घरबाहिर निस्किएका छैनन् ।

अत्यावश्यक वाहेकका अरु सवारी साधनहरु चलेका छैनन् । केही व्यक्तिहरु फाट्ट फुट्टरुपमा घरबाहिर निस्किए पनि काठमाडौं सहित देशभर परिचालित सुरक्षाकर्मीले सम्झाएर घर फर्काउने काम गरेका छन् । नेपालमा अहिले १८ गतेसम्म लकडाउन गरिएको छ । कोरोना भाइरस अहिलेसम्म नेपालमा तीन जनालाई पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाको सर्वसाधारणको समस्या समाधानका लागि पहल थालेको उपप्रमुख हरिप्रभा खड्गीले बताउनु भएको छ । रेडियो देशान्तरसँग कुरा गर्दै उपप्रमुख खड्गीले अहिले घरभित्रै बसेर कोरोना भाइरसविरुद्धको लडाई जित्न सकिने भएकाले सबैले सरकारले भने अनुसारको लकडाउनलाई पालना गर्न आग्रह पनि गर्नुभयो । उहाँले काठमाडौं महानगरपालिकाले सरसफाई लगाएतका कुराहरुमा ध्यान दिएको बताउँदै कोही पनि खान नपाउने अवस्था आउन नदिने गरि काम गरिरहेको बताउनुभयो ।