देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बायर्न र डर्टमण्डका खेलाडीको पारिश्रमिक कटौति

देशान्तर

एजेन्सी। जर्मन बुन्डेसलिगाका दूई महारथी बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तथा अधिकारीहरुबीच केही सयमका लागि पारिश्रमिक कटौति गर्ने विषयमा सहमति भएको छ।

कोरोना भाइरसको महामारीका कारण पूरा विश्व आर्थिक संकटको सामना गरिरहेका बेला क्लबकै अन्य कर्मचारीहरुको सहयोगका लागि खेलाडीको पारिश्रमिकमा अस्थायी कटौतिको सहमति भएको हो।

बुन्डेसलिगाको ११औं स्थानमा रहेको युनियन बर्लिनका खेलाडीले भने कोरोना भाइरसको संक्रमणबाट पूर्णरुपमा मुक्त भएर मैदान नफर्किएसम्मका लागि पारिश्रमिक नलिने घोषणा गरेका छन्। गत साता बोरुसिया मोन्चेनग्लाडबाचका खेलाडीहरुले जर्मनीमा सबभन्दा पहिला पारिश्रमिक कटौतिको निर्णय गरेका थिए।

बायर्नका खेलाडीको पारिश्रमिकबाट २० प्रतिसत रकम कटौति गरिने भएको छ। डर्टमण्डका खेलाडीको कटौति गरिने प्रतिसत नखुलाइए पनि उल्लेख्य मात्रामा कटौति हुने बताइएको छ।

बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र उनकी पत्नी एनाले गत साता कोरोना भाइरसविरुद्धको लडाइका लागि १० लाख युरो चन्दा दिएका थिए। उनका टिम सहयात्रीहरु लियोन गोरेट्ज्का र जेसुवा किमिचले पनि ‘वी किक कोरोना’ नाममा १० लाख युरो सहयोग गरेका थिए।