देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्पेनमा सात नेपालीलाई कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । कोेरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला स्पेनमा रहेका ७ नेपालीमा पनि संक्रमण भएको छ ।

स्पेनको बार्सिलोना निवासी सात नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । उनीहरुमध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् । उनीसहित अन्य दुई जना बार्सिलोनास्थित हस्पिटल दे सान्त खोवान देस्पि अस्पतालमा छन् ।

अन्य चार जना नेपाली मध्ये ३ जनालाई बार्सिलोनाकै हस्पिटल सेन्टपाउ भन्‍ने अस्पतालमा राखिएको छ । बाँकी एक जनामा कोरोना भाइरस पोजिटिभ भएपनि अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीहरुको निगरानीमा बार्सिलोनाकै एक होटेलमा राखिएको छ ।

अहिले संक्रमित, तिनका परिवार र उनीहरुसँग सम्पर्कमा रहेकाका सबैको अस्पतालले स्वास्थ्य परीक्षण गरिरहेको छ ।