रसुवाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद मोहन आचार्यले आफ्नै घरमा २१ शय्याको क्वारेन्टाइन बनाएका छन् ।
विश्वव्यापी संक्रमणका रूपमा फैलिएको कोरोना भाइरसको शंकास्पद बिरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि नेपाली कांग्रेसका सांसद आचार्यले आफ्नै घरमा क्वारेन्टाइन निर्माण गरेका हुन् ।
यसअघि बेत्रावतीस्थित सहकारी भवनमा २० शय्याको क्वारेनटाइन निर्माण गरिने भनिए पनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफ्नै घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।
सांसद आचार्यको घरको चार कोठामा सुविधा सम्पन्न २१ शय्याको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुविधा छन् ।





प्रतिक्रिया