देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कारागारबाट कैदी बन्दीको सङ्ख्या घटाउने गृहकार्य सुरु 

देशान्तर

काठमाडौं ।सरकारले कारागारबाट कैदी बन्दीको सङ्ख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कति र कस्ता प्रकृतिका अपराध गरेकालाई छोड्न सकिन्छ भनेर तथ्याङ्क सङ्कलन सुरु गरेको हो । कारागारभित्र कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई रोक्न कैदीबन्दीको सङ्ख्या घटाउन लागिएको छ । मिल्नेसम्मका कैदी बन्दीलाई छोड्ने तयारी भइरहेको विभागका सूचना अधिकारी जानकारी दिनुभयो ।

गृह मन्त्रालय र विभागका अनुसार असल चालचलन भएका, ५० प्रतिशत कैद भुक्तान गरिसकेका, वृद्ध तथा बालबालिकाको कैद मिनाहा हुनेछ । तर, गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा हुने छैन । कारागार व्यवस्थापन विभागले थुनुवा र बन्दीसँग हाललाई भेटघाटमा रोक लगाएको छ ।