देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इटाली : १०२ वर्षीया महिलाले जितिन् कोरोना

देशान्तर

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १०२ वर्षीया वृद्धा निको भएर घर फर्केकी छिन् ।

सीएनएनका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्केकी हुन् । २० दिनसम्म अस्पताल बसेर इटालिका ग्रोन्डोना ठिक भएकी छन् ।

‘हामीले उनलाई ‘हाइल्याण्डर’ उपनाम दिएका थियौं । यसको अर्थ हो ‘अमर’, ती महिलाको उपचारमा संलग्न सान मार्टिनो अस्पतालका चिकित्सक डा. भेरा सिबाल्डीले भने, ‘यो महामारीसँग जुधिरहेका सबै वृद्धाहरुको लागि उनी आशा बनेकी छन् ।’

इटालीमा कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेमा औसतमा ७८ वर्षका उमेरका वृद्धवृद्धा बढिरहेका छन् । इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरसबाट ७० वर्ष उमेरभन्दा माथिका मानीसहरु बढी खतरा रहेको बताएको थियो । तर ती १०२ वर्षकी ती महिलाले यी तथ्यहरुलाई काटिदिएकी छन् ।

उनी मार्च २६ मा अस्पतालबाट डिस्चार्ज भएकी हुन् । इटाली कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो ।