देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखामा भरूवा बन्दुक पड्केर एकको मृत्यु

देशान्तर

दोलखा ।    दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २८ वर्षीय शिव थामीको मृगको सिकार गर्न पड्काएको भरूवा बन्दुक लागेर मृत्यु भएको छ।

शिव बिहीबार जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएको भनिए पनि प्रहरीले अनुसन्धान गर्दा मृगलाई हानेको बन्दुक लागेर उनको मृत्यु भएको पुष्टि भएको छ।

शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाउँका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थामी, ४५ वर्षीय बाबुराम थामी र ३० वर्षीय बाबु थामीलाई शुक्रबार पक्राउ गरेको छ।

प्रहरीले तीन नाल भरूवा बन्दुक, छर्रा, बारूद, खुकुरी बरामद भएको बताएको छ। उनीहरूले बन्दुकलगायत सामग्री पनि जंगलमा लुकाइराखेको अवस्थामा बरामद गरिएको हो।

प्रारम्भिक बयानका क्रममा उनीहरूले मृगको शिकार खेल्ने क्रममा भरूवा बन्दुक पड्केको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।।