देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा हालसम्म ८ सय बढीको करोना परीक्षण, आज साँझ पनि केही रिपोर्ट सार्वजनिक गरिने

देशान्तर

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण छ कि भनेर नमुना जाँच गराउनेको संख्या ८ सय नाघिसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणको जाँच काठमाडैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हुन्छ।

प्रयोगशालाका अनुसार यसका लागि शुक्रबार साँझसम्म ८ सय २ जनाको नमुना (र्‍याल) परीक्षण गरिएको छ। तीमध्ये ४ जनामा मात्रै संक्रमण पाइएको छ।

परीक्षण गर्ने क्रम दैनिक भइरहेको प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दैनिक नमुना आउने क्रम जारी रहेको आज शनिबार अपारान्ह चार बजे केही रिपोर्ट सार्वजनिक गरिने डा. झाले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने अहिले दिनमा ८० देखि सय जनासम्मले कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने गरेको बताए।

अहिले टेकु प्रयोगशालमा मात्रै कोरोना परीक्षणको व्यवस्था भएकाले काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमणको आशंका देखियो भने उनीहरूको नमुना टेकुमै पठाइन्छ।

जसरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक बिरामीको नमुना परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो। रिपोर्ट आउँदा कोरोना भाइरस पाइएपछि अहिले उनी नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति बनेका छन्।