देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना नियन्त्रणका लागि कांग्रेस डडेल्धुरा सभापति मल्लले दिए ३ करोड

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

सुदूरपश्चिमका प्रदेश सांसदसमेत रहेका मल्लले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई तीन करोड दिने घोषणा गरेका हुन् । डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरे ।

प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताए । ‘मैले पाउने सम्पूर्ण सेवा कोरोना परिक्षणको ल्याब निमार्ण, तथा यतिबेला सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीको मनोबल उच्च गराउनेगरी खर्च गरियोस’ उनले भने । उनले कांग्रेस र अन्य दलका सांसदहरुलाई पनि विपद्को घडीमा सरकारलाई सक्दो सहयोग गर्न पनि आग्रह गरे ।