देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोहाबाट एउटै जहाजमा आएका थिए कोरोना संक्रमित दुई युवती

देशान्तर

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच पुगेको छ । शनिबार पनि थप एक जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या बढेर पाँच पुगेको हो ।

नेपालमा अहिलेसम्म भेटिएका सबै संक्रमित विदेशबाट आएका हुन् । शनिबार संक्रमण पुष्टि भएकी पाँचौ संक्रमित र सोमबार संक्रमण देखिएकी दोस्रो संक्रमित एउटै जहाजमा दोहाबाट काठमाडौं आएको खुलेको छ ।

नयाँ संक्रमित बेल्जियम हुँदै मार्च १७ (चैत ४ गते)मा दोहाबाट कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार दोस्रो संक्रमित युवती पनि फ्रान्सबाट दोहाबाट सोही उडानमा काठमाडौं आएकी थिइन् ।